Powered by Blogger.
सिद्धार्थ बनस्थलीका भूपू विद्यार्थीको समाजसेवामा सक्रीयता बढ्दो


काठमाडौं । २०४७ सालमा सिद्धार्थ बनस्थली इन्स्टिचुट बाट एसएलसी पास गरेका  विद्यार्थीहरु आज संसारका विभिन्न कुनामा छन् ।  

चिकित्सक , इन्जिनियर, व्यावसायी, उद्योगी, समाजसेवी लगायत पेशामा आवद्ध उनीहरु पछिल्लो  समय सामाजिक सेवाभावले एकजुट  हुन थालेका छन् । 

२०७२ को  महाभूकम्पले सबैतिर सन्त्रास भैरहेको बेला ‘सानो सहयोग हृदय देखी ’ नाराका साथ एस भिआइ ४७ नामक समुह बनाएर सेवामा लागेका उनीहरु त्यस पछिका विभिन्न प्राकृतिक विपत्ति र महामारीमा समेत सक्रिय भएर पिडितहरुलाई सेवा प्रदान गर्दै आइरहेका छन ।

आफ्नो दक्षता र क्षमतले भ्याए सम्म सामाजिक सेवामा लाग्ने ध्येयका साथ संगठित सो समुहको सकृयता  पछिल्ला दिनमा व्यापक देखिन थालेको छ । 

सोहीक्रममा शुक्रबार  एस भि आई ४७ ले  काठमाडौंको नागर्जुन नगरपालिका १ रानीवनमा अवस्थित मानव सेवा आश्रममा भएका करिव २ सय जनालाई बिहानीको भोजन गराएको छ ।  त्यस कार्यक्रममा लागि संस्थाले नगद २५ हजार सहयोग गरेको थियो   । 



कार्यक्रमकै बीच आफ्नो जन्मदिनको अवसर पारेर समुहकी सदस्य गौरी मालाकारले नगद पाँच हजार समेत आश्रमलाई सहयोग गर्नु भएको थियो । 

सहयोग रकम हस्तान्तरण गर्दै आफूहरु सधै दुखीहरुका लागि सहयोग गर्न तत्पर रहेको बताउनु भयो । सोही कार्यक्रममा आफ्नो धारणा राख्दै समुहका सदस्य दिपक जोशीले पनि आफुहरु आशिर्वादको भोको भएकाले भोकालाई खाना खुवाउन पाउँदा कृतज्ञ भएको बताउनु भयो । 

मानव सेवा आश्रमको तर्फबाट पनि समुहलाई सम्मान  सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।  

उनीहरुले देश र बिदेशमा रहेका  साथीहरुको समेत सहभागितामा बिभिन्न कार्यहरुलाई मुर्त रुप दिंदै आएका छन् ।  

बिभिन्न पेशा  प्रहरी,सेना,व्यापार,चिकित्सा,इन्जिनियरिङ्ग,पर्यटन, बैंकिङ्ग, शिक्षा लगायतका बिभिन्न क्षेत्रसंग आबद्ध हुँदै आधुनिक नेपालको निर्माणमा योगदान गर्दै आएका यी युवाहरुले आफ्नो कार्य क्षेत्रको  अनुभवलाई सामाजिक कार्यमा पनि त्यतिकै उपयोग गर्दै सहकार्यको हात बढाउनु समाजका लागि अत्यन्तै नमुना कार्य भएको बताइन्छ । 






0 comments

Write Down Your Responses