नेपाल बेसबल तथा सफ्टबल संघको अध्यक्षमा न्यौपाने
काठमाडौं । नेपाल बेसबल तथा सफ्टबल संघ तदर्थ समितिको अध्यक्षमा दिपक न्यौपाने चयन भएका छन् ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवस्तरीय निर्णयअनुसार १९ सदस्यीय समिति गठन गरिएको संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्र कुमार राईले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
परिषदले तदर्थ समितिले तीन महिनाभित्र विधान मस्यौदा तयार गरी परिषदको स्वीकृतिमा साधारण सभा तथा निर्वाचन गर्ने गरी गठन गरिएको जनाएको छ ।
0 comments
Write Down Your Responses