Powered by Blogger.
रेडक्रस बज्रवाराहीको सभापतिमा राजेन्द्र बिडारी निर्वाचित



बज्रबाराही (टिस्टुङ) । नेपाल रेडक्रस सोसाइटी बज्रवाराही उपशाखाको सभापतिमा राजेन्द्र बिडारी सर्वसम्मत निर्वाचित भएका छन्।

उपशाखाको जेठ २ गते भएको निर्वाचन कार्यक्रममा ११ सदस्यीय समिती सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत सुमित्रा काफ्लेले जानकारी दिनुभयो।



समितिको उपसभापतिमा यसोदा अधिकारी, सचिव मेघराज वलामी, कोषाध्यक्ष फणिन्द्रनाथ सुवेदी, उपसचिव नरहरी गोपाली, उपकोषाध्यक्ष गोबिन्द गोपाली तथा सदस्यहरु भवानी प्रधान ,रवीन्द्र प्रसाद बिडारी, रामकृष्ण लामिछाने ,रामबाबु ठकुरी र सविन भक्त श्रेष्ठ रहेका छन्।




0 comments

Write Down Your Responses