Powered by Blogger.
आरआर क्याम्पसको परिक्षा विवादः भ्रम र यर्थाथ



देवीप्रसाद घिमिरे

रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग देशकै सबैभन्दा ठूलो मानविकी क्याम्पस हो । यस क्याम्पसमा बिए प्रथम वर्ष २०७७ समूहमा जम्मा १३ सय ६६ विद्यार्थीहरु वार्षिक परीक्षामा सहभागी भएका हुन् ।

 त्रिभुवन विश्वविद्यालयले चार वर्षे बिए कार्यक्रम लागू गरेपछि प्रत्येक वर्ष प्रत्येक विषयमा ३० अङक आन्तरिक मूल्यांकन तथा ७० अङ्गको वार्षिक परीक्षा बोर्डले लिने व्यवस्था छ ।

 यसै व्यवस्थाअनुसार रत्न राज्यलक्ष्मी क्याम्पसमा बिहानी सत्रका सहायक क्याम्पस प्रमुख उप–प्राध्यापक गोविन्दप्रसाद आचार्य संयोजक र म सहयोगीको रुपमा निरन्तर सहयोग गर्दै आएको थिएँ । हामीले बिए प्रथम वर्ष २०७७ समूहको परीक्षा ६ पटकसम्म लियौं । परीक्षामा कोही विद्यार्थी नछुटून भन्ने पवित्र उद्देश्यले पटक पटक परीक्षा लिइएको हो ।

यसै क्रममा अनिवार्य अंग्रेजी विषयका विषय शिक्षकद्वय लोकनाथ कोइराला र लक्ष्मण भट्टले विद्यार्थीहरुलाई दिएको अङक जस्ताको तस्तै कम्प्युटर इन्ट्री गर्ने कार्य भयो । उहाँहरुले दोस्रो पटक लिएको २३२ जना विद्यार्थीको कपी पनि बुझाउनु भएन र मार्कलेजर पनि बुझाउनु भएन । 

विद्यार्थी परीक्षामा सहभागी भएको र कक्षामा पढाएको आधारमा सरहरुले अङ्ग चढाइदिनु हामी एब्सेन्ट क्लियर गरेर ल्याउँछौं भनेर सहायक क्याम्पस प्रमुख रामबहादुर कार्की, परीक्षा संयोजक गोविन्दप्रसाद आचार्य म देवीप्रसाद घिमिरे तथा कम्प्युटरका कर्मचारी गणेश काफ्ले समेतको रोहबरमा अनिवार्य अंग्रेजी विषयका विषय शिक्षकद्वय लोकनाथ कोइराला र लक्ष्मण भट्टले आफूसँग भएको अभिलेखका आधारमा २३२ जनाको अङ्ग उपलब्ध गराएपछि अरु विद्यार्थीहरुको समेत निवेदन लिएर अनुपस्थित भएका विद्यार्थीहरुको सम्पूर्ण विवरण बैशाख १९ गते त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा बुझाइसकेको छ । सबैको मार्कसिट तुरुन्तै आउने क्रममा छ ।

अनिवार्य अंग्रेजीको आन्तरिक परीक्षाको अङ्ग पठाइएका ७३१ विद्यार्थीहरुमध्ये केही विद्यार्थीहरुलाई विषय शिक्षकहरुले अत्यन्तै कम नम्बर दिएको उनीहरुकोभविष्यमाथि विषय शिक्षकहरुले पूर्ण बेवास्था गरेको । सबै विषयको ३० अङ्गको परीक्षा लिइएको तर अंग्रेजी विषयका विषय शिक्षकले मैले त प्रोजेक्टवर्कको नम्बर जोडेकै छैन भन्दै अनर्गल प्रचार गरेको । 

परीक्षामा सामेल भएका विद्यार्थीहरुलाई उत्तीर्णाङ्ग भन्दा कम अङ्ग दिएको सत्यतथ्य अझै पनि उहाँहरुले दिएको अङ्ग क्याम्पसमा सुरक्षित छ । हामीले यही सत्यतथ्य परीक्षा नियन्त्रण कार्यालय बल्खुलाई पनि जानकारी गरायौं ।

 इन्ट्री भैसकेको अङ्ग परिवर्तन नहुने, इन्ट्री नभएकाहरुको अङ्ग क्याम्पसले सिफारिस पठाएका आधारमा इन्ट्री हुने जानकारी पाएपछि हामीले आन्तरिक परीक्षा छुटेका विद्यार्थीहरुको अङ्ग विवरण भरेर परीक्षा सयोजकले रुजु गरी सहायक क्याम्पस प्रमुखले सिफारिस गरेर बैशाख १९ गते नै परीक्षा नियन्यण कार्यालयमा इमानदारपूर्वक पेश गरेको व्यहोरा अनुरोध छ ।

जब आफ्ना गल्तीले आफैंले पढाएका सङ्कम राईलगायतका विद्यार्थीको थोरै अङ्ग आएर विद्यार्थी गुनासो गर्न आए । त्यसपछि लोकनाथ कोइरालासमक्ष गए । उनले आफू सुरक्षित बन्न प्रशासनलाई दोष लगाएर उम्कन खोज्ने, मैले तिमीलाई २५ अङ्ग दिएको छु भन्ने तर अभिलेखमा १० अङ्ग मात्र दिएको देखिएको । 

दिनैपिच्छे विद्यार्थीलाई भ्रामक कथा बनाएर आन्दोलित गराउने, क्याम्पस प्रमुखलाई अपमानित गर्न उक्साउने । तथ्य लुकाउन विभिन्न अनर्गल दुष्प्रचार गर्ने व्यक्ति लोकप्रसाद कोइराला हुन् । उनलाई साथ दिन पर्दा पछाडिबाट वैचारिक समूहहरु हात धोएर लागेका छन् ।

यसरी शिक्षाजस्तो पवित्र पेशा अँगालेकाहरुबाटै यसरी विद्यार्थीहरु अन्यायमा पर्नु हुँदैन । सत्य सत्य नै हुन्छ । न्याय मर्नु हुँदैन, शिक्षक प्राध्यापक सधैं द्यिार्थीहरुप्रति आफ्नो जिम्मेवारीप्रति उत्तरदायी हुनुपर्छ । उहाँको आफू बिराउने शाखा पिराउने अमार्यादित स्वभावका कारण निर्दोष विद्यार्थीहरु कुनै नबुझी आन्दोलित हुन बाध्य छन् । यो दुःखद् कुरा हो ।

ड्ड परीक्षा व्यवस्थित गर्न, मर्यादित बनाउन सहजकर्ताको भूमिका इमानदारीपूर्वक निरन्तर गरेको ।

ड्ड कर्मचारीद्वारा इन्ट्री गरेको अङ्ग तालिका परीक्षा संयोजक गोविन्दप्रसाद आचार्यले रुजु गरेर प्रमाणित गरी हस्ताक्षर गरेपछि मात्र सहायक क्याम्पस प्रमुखको सिफारिसमा परीक्षा नियन्त्रण कार्यालयमा पठाएको ।

ड्ड विषय शिक्षकहरुलाई पटक पटक परीक्षा संयोजकले अङ्ग बुझाउन ताकेता गरेको ।

ड्ड परीक्षाको प्राप्तांक बुझाउन विषय शिक्षकले निरन्तर ढिलासुस्ती गरेको ।

ड्ड परीक्षा नै नलिइकन अङ्ग प्रदान गर्नुपर्ने दवाव पटक पटक आएको ।

ड्ड परीक्षा ६ पटकसम्म सञ्चालन गर्दा पनि सबै विद्यार्थीहरु समेट्न नसकिएको । नियमित विद्यार्थी उपस्थिति ४०० भन्दा माथि नहुने गरेको कारणले सबैलाई समेट्न पटक पटक ३० अङ्गकै परीक्षा आधिकारिक सूचना सम्प्रेषण गरेर सञ्चालन गरिएको ।

ड्ड विषय शिक्षकले विद्यार्थीहरुलाई १.५÷२÷३,५ जस्ता न्यून अङ्ग दिएको । परीक्षामा सहभागी भएका विद्यार्थीहरुलाई न्यूनतम उत्तीर्णाङ्ग १२ अङ्ग दिनुपर्छ भन्दा पटक पटक विमति जाहेर गरेका कारणले केही विद्यार्थीको अङ्ग कम आएको हो । यो विषय शिक्षकबाटै भएको हो । आवश्यक परेको खण्डमा विधि विज्ञान प्रयोशालाद्वारा सम्बन्धित शिक्षकको हस्ताक्षर प्रमाणित गर्न समेत सकिने छ ।

अनुपस्थित विद्यार्थीहरु सबैको अङ्ग अभिलेखका आधारमा पठाएको छ । मार्कसिट जेठ २ गतेबाट प्रिन्ट हुँदैछ एक हप्ताभित्र आउँछ ।

साथै केही मिडीयाहरुमा समाचार सम्प्रेषित हुँदा यर्थाथलाई ढाकछोप गरी प्रकाशत भएकाले निम्म तथ्यहरु पेश गर्दै उपरोक्त गलत समाचारको म खण्डन गर्दछु । म देवीप्रसाद घिमिरे बिहानको परीक्षा प्रमुख होइन । 

म त्यस समय क्याम्पस विद्यार्थी कल्याण प्रमुख थिएँ । परीक्षा प्रमुख गोविन्दप्रसाद आचार्य हुनुहुन्थ्यो । यस सम्बन्धी तथ्य प्रमाण आवश्यक परे क्याम्पसले सहजै उपलब्ध गराउन सक्छ । विद्यार्थी अन्यायमा परेका क्याम्पस प्रशासनका कारणले नभई विषय शिक्षक लोकनाथ कोइरालाका कारण रहेको घाम जत्तिकै छर्लङ्ग छ । धन्यवाद । 

(उपप्राध्यापक घिमीरे रत्न राज्यलक्ष्मी क्याम्पसका विद्यार्थी कल्याण शाखाका तत्कालिन प्रमुख हुन् ।)




0 comments

Write Down Your Responses