Powered by Blogger.
महानगरपालिकाको ३२ वटै वडामा सरसफाई हुँदै


काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको अगुवाईमा शनिबार  बिहान सात बजबाटे महानगरपालिकाको ३२ वटै वडाहरुमा   विशेष सरसफाई अभियान सुरु भएको छ ।  

वर्तमान जनप्रतिनिधीहरुले कार्यभार सम्हालेको एक वर्ष पुरा भएको अवसरमा सरसफाई कार्यक्रम आयोजना गरिएको हो । 

शुत्रबार सरसफाई अभियानको तयारीस्वरुप महानगरपालिकाका सुचना प्रविधि विभाग नमराज ढकालको नेतृत्वमा काठमाडौं महानगरपालिकाको ज्ञानेश्वरस्थित ३२ वडाको कार्यकक्षमा एक विशेष छलफल कार्यक्रम सम्पन्न भएको थियो । 

यसैगरी वडाध्यक्ष कार्कीले विगत पाँचवर्ष देखि वडा नं ३२ ले हरेक शनिबार विशेष सरसफाई अभियान चलाउँर्द आएको जानकारी गराउनु भयो । 

सो छलफलमा वडाध्यक्ष कार्की, वडा सदस्यहरु इन्दिरा श्रेष्ठ सिंह, मीलन कुमार खडका, सर्मिला श्रेष्ठ महतो, मनोज कुमार डंगोल , वडा सचिव देवराज जोशी लगायत वडा परिवार सदस्यहरुको उपस्थिति रहेको थियो । अहिले सरसफाई भैरहेको स्थानहरु निम्न छन्ः 

वडा नं. १०  वडा कार्यालय प्राङ्गण

वडा नं. ११  माइतीघर मण्डला

वडा नं. १२ ओन्दे

वडा नं. १३ ताहाचल पुल

वडा नं. १४ कुलेश्वर भलिवल ग्राउण्ड

वडा नं. १५ भगवान पाउ

वडा नं. १६ सोह्रखुट्टे चोक

वडा नं. १७ डल्लु पुल

वडा नं. १८ वडा कार्यालय प्राङ्गण

वडा नं. १९ दमाइ टोल

वडा नं. २० भीमसेन स्थान

वडा नं. २१ जैसीदेवल

वडा नं. २२ टेवहाल

वडा नं. २३ यंगाल

वडा नं. २४ हनुमान ढोका अगाडि

वडा नं. २५ असन डवली

वडा नं. २६ सञ्चय कोष भवन अगाडि

वडा नं. २७ असन

वडा नं. २८ कमलादी गणेश स्थान

वडा नं. २९ वडाको ढुङ्गेधारा

वडा नं. ३० वडा भवन अगाडि

वडा नं. ३१ पुरानो वडा कार्यालय (भीमसेनगोला)

वडा नं. ३२  कोटेश्वर चोक (प्रहरी वृत्त)


0 comments

Write Down Your Responses