Powered by Blogger.
झार्लाङ स्थित ४० घर परिवारलाई खाद्यान्न, कापी–कलम र लत्ताकपडा


धादिङ । धादिङको खानियाबास गाउँपालिका वडा नं २ , झार्लाङ स्थित ४० घर परिवारलाई खाद्यान्न, कापी–कलम , लत्ताकपडा र जुत्ता चप्पल वितरण गरिएको छ ।

 जयमहाङ्काल युवा समुहको आयोजनाका विभिन्न सामग्री वितरण गरिएको हो । 

संस्थाको श्रध्दय अध्यक्ष लिलानाथ भण्डारीको  प्रमुख अतिथ्यता , महासचिव मनिष विकको बिशेष अतिथ्यता, योगी दिपकनाथ महाराज , कलाकार माया थामी , वडाको जन प्रतिनिधि , स्थानिय समाजसेवी युवाहरू र आम जनसमुदायको उपस्थितिमा सहयोग वितरण कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रमको अध्यक्षता जय महांकाल युवा समुह धादिङ जिल्ला शाखाको अध्यक्ष अशोक तामाङले गर्नुभएको गरेका थिए । 

खाद्यान्न, लत्ताकपडा , जुत्ताचप्पल र कापी कलम पाएपछि पिडित परिवारहरू खुशी भएर अब खाना , नाना र पढ्न पाईने भयौं भन्दै थिए । स्थानिय सरकार छ तर हाम्रो ठाउँमा छ कि छैन् भन्ने जन गुनासो पनि रहेको छ । 

यस अभियानलाई साथ सहयोग गर्नुहुने माता मनकामना , योगी दिपकनाथ महाराज, कलाकार नायिका एवं मोडल माया थामी, केशव कार्की  लगायतबाट सहयोग प्राप्त भएको बताइएको छ । 




0 comments

Write Down Your Responses