Powered by Blogger.
मन्दिर निर्माण अन्तिम चरणमा


मकवानपुर । पश्चिम मकवानपुर स्थित मनहरी गाँउपालिका, वडा नं ३ स्थित भुन्द्रुङमा महादेव मन्दिर निर्माण अन्तिम चरणमा पुगेको छ । 

वडा कार्यालय र स्थानीयको आर्थिक सहयोग एवं जनश्रमदानबाट मन्दिर निर्माण भएको हो । 

आर्थिक वर्ष २०७९–८० को योजनाभित्र परेको विल्वेश्वर महादेव मन्दिर निर्माण उपभोक्ता समितिले करिव ६ लाख रुपैंयाको लागतमा चिटिक्क परेको यो मन्दिर तयार गरेको उपभोक्ता समितिका अध्यक्ष बासुदेव ढकालले जानकारी दिनुभयो । 

मनहरी गाँउपालिकाको प्राविधिक सहयोगमा निर्माण भएको सो मन्दिरमा गाँउपालिकाबाट ५ लाख र स्थानीय जनश्रमदानबाट करिव एक लाख रुपैंया गरी ६ लाख लगानी भएको बताइन्छ ।

२०७९ साल माघ १७ बाट सुरु भएको सो आयोजना २०८० वैशाख भरीमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो ।

 विविध प्राविधीक कारणले केही ढिलाई भएपनि केही दिनमै भव्य पुजाआजा सहित मन्दिरको शिलान्यास गरिने बताइएको छ । 




 


0 comments

Write Down Your Responses