Powered by Blogger.
विभिन्न सिपमूलक तथा उद्यमशीलताका तालिम प्रदान


काठमाडौं ।  लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रद्वारा विभिन्न सिपमूलक तथा उद्यमशीलताका तालिम प्रदान गरिएको छ ।

उद्योग मन्त्रालयअन्तर्गत रहेको केन्द्रद्वारा सञ्चालित तालिममा व्युटिसियन, मोवाइल मर्मत, हाउस वायरिङ, कम्प्युटर हार्डवेयर, प्लम्बिङ, सिलाई, मोटर रिवाइन्डिङ र बेकरी सम्बन्धी छन् । यसरी तालिम लिने जनशक्तिले सिकेका कला कौशल तथा सिपलाई स्वदेश तथा विदेशका श्रम बजारमा उपयोग गरेको पाइएको छ । कतिपयले देशमै उद्यमी बनेर रोजगार सिर्जना गरी राम्रो आम्दानी गरेको जनाइएको छ । काठमाडौँ उपत्यकासाथै विभिन्न जिल्लामा पनि केन्द्रले सम्बन्धित निकायसंग समन्वय गरी तालिमको अवसर प्रदान गरेको हो ।  

केन्द्र प्रमुख  दिपक घिमिरेका अनुसार मुलुकमा उद्यमशीलता तथा सिपको विकास गरी नागरिकलाई स्वरोजगार बनाउन विभिन्न तालिम प्रदान गर्दै आएको जानकारी दिनुभयो । गत वर्ष एक हजार २०५ लाई यस्तो तालिम उपलब्ध गराएकामा चालु आवमा ८१८ जनालाई तालिम प्रदान गरेको केन्दले जनाएको छ ।

केन्द्रारा सञ्चालित व्युटिसियन तालिममा प्रशिक्षार्थी उत्साहित भएको पाइएको छ । त्रिपुरेश्वरमा हाल सञ्चालन भइरहेका तालिममा प्रशिक्षार्थीले राम्रो अवसर प्राप्त भएको भन्दै  सिकेको ज्ञानबाट उत्साहित भएको बताएका हुन् । प्रशिक्षक अनिता सुवेदीले सिक्न आउने २३ प्रशिक्षार्थीलाई सौन्दर्यकला सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञानबारे जानकारी गराउनुभएको छ । 

करिब दुई दशकदेखि यस क्षेत्रमा संलग्न सुवेदी सौन्दर्यकला व्यवसायी संघको सल्लाहाकार समेत हुनुहुन्छ । उहाँले यस क्षेत्रमा राम्रो अवसर रहेको बताउँदै कम लगानीमा व्यवसाय सञ्चालन गरी मनग्य आय आर्जन गर्न सकिने सम्भावना रहेकाले प्रशिक्षार्थी आकर्षित हुने गरेको बताउनुभयो । सौन्दर्य क्षेत्रमा प्रयोग हुने विभिन्न रसायनबारे गहिरो ज्ञान राख्नुपर्ने चुनौति समेत छ । आधुनिकताको विकाससंगै सौन्दर्यकलाको व्यवसायीकरण पनि देशैभर फैलिएको छ ।  

विगतमा यस क्षेत्रलाई त्यति सकारात्मक रुपमा नहेरिए पनि अहिले समयको परिवर्तनसँगै यस क्षेत्रमा थपिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ज्ञानका साथै विभिन्न आयामले गर्दा हेर्ने दृष्टिकोणमा सकारात्मक पक्ष तथा सुन्दर हुनका लागि आवश्यक सेवाका रुपमा विकास हुँदै गएको पाइएको छ । 

महिला सशक्तिकरणका लागि अर्थोपार्जनको भरपर्दो माध्यम समेत बनेको छ । सिटीभिटीले निर्माण गरेको पाठ्यक्रमका आधारमा सिप सिकाइने भएकाले यसको मान्यता उच्च रहेको छ । सरकारी तथा सामुदायिक विद्यालयमा पनि यसको पाठ्यक्रम विकास भएमा दक्ष जनशक्ति उत्पादन भई स्वरोजगार सिर्जना गर्न सहयोग पुग्ने प्रशिक्षक सुवेदीको भनाई छ । मुलुकमा देखा परेको बेरोजगार समस्या समाधान गर्न सहयोग पुग्ने स्वरोजगार क्षेत्रबाट हुने आम्दानीले राष्ट्रिय अर्थतन्त्रलाई समेत चलायमान बनाउन केही इकाई मद्दत गर्ने प्रशिक्षार्थी गोमा बिंडारीले विचार व्यक्त गर्नुभयो ।

नेपालमा सौन्दर्यकलाको शुरुवात एकिनका साथ भन्न नसकिए पनि करिब पाँच दशक अगाडिबाट शौखका रुपमा भित्रिएको र पछि व्यवसायिक रुपमा सञ्चालन भएको अनुमान गरिएको छ । अहिले यो व्यवसाय अझ बढी झाङ्गिदै गएको छ । व्यवसाय फैलिदै ७० जिल्लामा विस्तार भएको सौन्दर्यकला व्यवसायी संघको अभिलेख छ । 

यसबाट लाखौ महिलाहरू रोजगारीमा आबद्ध रहेको  पाइएको छ । समय अनुसार सौन्दर्यकला व्यवसायलाई पनि व्यवसायलाई पनि परिमार्जन गर्दै अगाडि बढ्न सके सफलता मिल्ने व्यवसायीको भनाई छ ।


0 comments

Write Down Your Responses