Powered by Blogger.
एकिकृत समाजवादी मकवानपुर काठमाडौं सम्पर्क मञ्चमा नयाँ नेतृत्व


काठमाडौं । नेकपा एकिकृत समाजवादी मकवानपुर काठमाडौं सम्पर्क मञ्चमा नयाँ नेतृत्व चयन भएको छ ।

 शनिबार भएको मञ्चको तेह्रौं सम्मेलनले आषिश बलको अध्यक्षतामा २५ सदस्सयीय कमिटी सर्वसम्मत चयन गरेको हो । 

दशैं, तिहार, छठ लगायतका पर्वहरुका अवसरमा शुभकामना आदान प्रदान सहित आयोजित कार्यक्रममा एकिकृत समाजवादीमा आवद्ध काठमाडौंमा बस्ने मकवानपुरेहरुको व्यापक उपस्थिति थियो । 

सम्मेलनमा प्रमुख अतिथिका रुपमा नेकपा एकिकृत समाजवादीका उपमहासचिव, पुर्वमन्त्री एवं बागमती इन्चार्ज डा. गंगालाल तुलाधर रहनुभएको थियो भने विशेष अतिथि पार्टी स्थायी समिति सदस्य तथा पुर्वमन्त्री विरोध खतिवडा रहनुभएको थियो । 

कार्यक्रममा पार्टी नेतृ तथा राष्ट्रिय सभा सदस्य गोमा तिमल्सीना, संविधानसभा सदस्य तथा केन्द्रीय सदस्य राजाराम स्याङ्तान, केन्द्रीय निर्वाचन आयोग सदस्य रामचन्द्र बल लगायतको उपस्थिति रहेको थियो । 



यसैगरी कार्यक्रममा अतिथिका रुपमा केन्द्रीय सम्पर्क कमिटीका अध्यक्ष वीरवलकाजी राई, केन्द्रीय परिषद सदस्य गौतमवुद्ध लामा, केन्द्रीय प्रचार विभाग सदस्य सन्तोष शर्मा, सम्पर्क कमिटी सदस्य नवराज वस्ती, मकवानपुर जिल्ला कमिटी उपसचिव किरणमान बल, जिल्ला सचिवालय सदस्य कुन्साङ लामा, राजेश पाख्रिन, थाहा १२ का कार्यपालिका सदस्य युवराज जिम्बा लगायतको उपस्थिति रहेको थियो । 

सहभागी वक्ताहरुले पार्टी संगठन सुदृढ गरेर अघि बढ्नुपर्ने र त्यसक लागि काठमाडौंमा रहेका मकवानपुरेहरुको विशेष एकता हुनुपर्ने बारेमा चर्चा गरेका थिए ।

संयोजक आशिश बलको अध्यक्षतामा भएको पहिलो सत्रको सञ्चालन विष्णु रिजालले गरेका थिए भने स्वागत मन्तव्य निरंजन कार्कीले राखेका थिए । 



सम्मेलनको बन्दसत्रले सर्वसम्मत रुपमा आशिष बलको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा दाना लामा र कुमार गहते, सचिव विष्णु रिजाल, उपसचिव निरंजन कार्की र कुमार मोक्तान, कोषाध्यक्ष राजु थिङ तथा सदस्यहरुमा बालकुमार स्याङ्तान, सुनिता थिङ, मंगलमान बल, पदमराज बल, शुशिल बल, वुद्ध पाख्रिन, धनबहादुर गोले, रेशमबहादुर बल, गणेश मोक्तान, राम स्याङतान, रामकुमार बम्जन, विशाल गोले, सुरेन्द्र वाइबा, रामकृष्ण स्याङ्तान, जिनेश बल र मनिश तामाङ रहनुभएको छ । 




तत्काल बैठक बसी क्षेत्रगत सम्पर्क मञ्च विस्तार सहित पालिका तहमा समेत संगठन फैलाउने  सम्पर्क मञ्चलाई मकवानपुरेहरुको भरलाग्दो सारथी बनाउने नवनिर्वाचित अध्यक्ष बलले प्रतिवद्धता जनाए । 


0 comments

Write Down Your Responses