Powered by Blogger.
ऐतिहासिक टिस्टुङ उपत्यकामा १२ वर्षे जात्रामा संलग्नलाई सम्मान


मकवानपुर । कला संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धनको उदेश्यले सञ्चालित कुन्छाल गाँउको १२ वर्षे जात्रामा संलग्नहरुलाई सम्मान गरिएको छ । 

बिहिबाार ऐतिहासिक टिस्टुङ उपत्यकाको बाराही खटमा आयोजित १२ बर्षे नाच प्रदर्शन कार्यक्रमको अवसर पारी नाचमा संलग्नहरुलाई सम्मान गरिएको हो । 

उपत्यकाको पुराने जाती गोपालीहरुको बसोबार रहेको कुन्छाल गाँउको १२ वर्षे देविगण नाच हरेक १२ वर्षको अन्तरमा प्रदर्शन हुने गर्छ । थाहा नगरपालिका १ नं वडाका गोपाली जातीहरुको आफ्नै मौलिक संस्कृति र परम्परा रहेको छ । 



नाच आयोजक टिमका मुख्य व्यक्तिहरु धामी, कजि, देवी गण, कलाकार, बाजागुरु लगायत सबै सहयोगीहरुलाई माला र टिका पुजा सहित सम्मान गरिएको हो । 



उनीहरुलाई हलि नेवा गुठीका राष्ट्रिय अध्यक्ष विनोद महर्जन, पर्यटन तथा संस्कृति मन्त्रालयका पुर्व मन्त्री दिलिप महर्जन, टिस्टुङ बज्रवाराही नेवा पुचः का अध्यक्ष हरिगोपाल श्रेष्ठ, नारायण महर्जन, बैकुण्ठ श्रेष्ठ लगायतले सम्मान गर्नुभएको हो । 

कार्यक्रममा प्रमुख अतिथि पुर्व पर्यटनमन्त्री दिलिप महर्जन रहनुभएको थियो । 

कार्यक्रममा हलि नेवा गुठी टिस्टुङ शाखाका अध्यक्ष नरहरी गोपाली, विष्णु गोपाली, राजभाइ श्रेष्ठ, भरत गोपाली, हलि नेवा गुठी रविभवन शाखाका अध्यक्ष विमला महर्जन, कमला महर्जन, गुरुहरु श्रीराम महर्जन, बाबुलाल श्रेष्ठ, महेश्वर महर्जन,  सुनिल महर्जन, कृष्ण बहादुर महर्जन लगायतको उपस्थिति रहेको थियो । 






0 comments

Write Down Your Responses