Powered by Blogger.
नयाँ जनवादी मोर्चामा कट्टेललाई निस्काशन, संयोजकमा शर्मा र प्रवक्तामा बर्तौला


काठमाडौं । करिव २ महिना अघि मोहन वैद्य नेतृत्वको पार्टीबाट अलग्गीएर जन्मिएको  नयाँ जनवादी मोर्चामा फेरी धाँजा फाँटेको छ । मोर्चाको दोस्रो बैठकले संयोजक डा. शम्भु कट्टेललाई विभिन्न आरोपहरु लगाएर कारवाही स्वरुप हटाएको छ । 

मंसिर ३ र ४ गते चितवनमा सम्पन्न बैठकले संयोजक कट्टेललाई कारवाही गर्दै संगठनको विचार, नीति, उदेश्य, विधान र संगठनात्मक पद्धतिको विरुद्ध काम गरेको र आन्तरिक गोपनियता विरोधि शक्तिहरुकोमा पु¥याउने गरेको तथ्य र प्रमाण प्राप्त भएको दावी गरिएको छ । 

बैठकले संयोजक कट्टेललाई मंसिर ४ गतेबाट नै लागू हुनेगरी सम्पूर्ण जिम्मेवारी सहित संगठनवाट निष्कासन गर्ने निर्णय गर्दै  संयोजकमा अशोक शर्मा र प्रवक्तामा केन्द्रीय सदस्य दिनेश बर्ताैलालाई चयन गरेको छ । शर्मा यस अघि उक्त मोर्चाको प्रवक्ता र बतौला बागमती प्रदेश इन्चार्जका रुपमा क्रियाशिल थिए । डा. कट्टेललाई अमेरिकी पिआर नत्यागेको, मालेमावाद विरोधी दृष्टिकोण अवलम्वन गरेको र अमेरिकी साम्राज्यवाद पस्त चिन्तन अघि आरोप आरोप लगाइएको छ । 

संयोजक अशोक शर्माद्धारा जारी विज्ञप्तीमा भनिएको छ–‘विगत केही दिन यता संयोजक शम्भु कट्टेलले  अमेरिकी साम्राज्यवादलाई, साम्राज्यवाद भन्न नहुने तर्क सहित उक्त देशलाई सार्वजनिक रुपमा जनवादी व्यवस्थाको रुपमा प्रचार गर्नुको साथै, अमेरिकी कठपुतली इजरायलको सार्वभौमिकताको लागि सार्वजनिक अपिल गर्दै नेपाललाई पश्चिम युरोपियन जीवनशैली र संस्कृतितिर लैजाने गरि विचार संप्रेषण गर्दै आउनु भएको थियो । उहाँको यसप्रकारको अमेरिकी साम्राज्यवादपरस्त चिन्तन संगठनको विचार र दृष्टिकोण विपरित भएको ठहर गर्दै स्पष्टीकरणको माग गर्दा समेत उहाँ यसप्रकारका  मालेमावाद विरोधी गलत दृष्टिकोणवाट आत्मसमिक्षा गर्न तयार हुनुभएन  । उहाँसंग रहेको अमेरिकी पिआर ( जसलाई उहाँले छिपाएर राख्नु भएको थियोे ) संगठनात्मक पद्धति विपरीत भएको हुदा त्यसलाई परित्याग गर्न संगठनले दिएको  निर्देशन अस्वीकार गर्नुको साथै अमेरिकी पिआर परित्याग गर्नुभन्दा बरु संगठनमै बस्न नसक्ने बताउदै संगठन विरोधि क्रियाकलापमा लगातार संलग्न हुन थाल्नुभयो । यसको अतिरिक्त अन्य कतिपय संगठनहरुमा समेत उहाँको संलग्नता र आबद्धता रहेको रहस्य खुलेपछि नयाँ जनवादी मोर्चा, नेपाल बहेकका राजनीतिक संगठनसंगको उहाँको आबद्धता परित्याग गर्न दिएको संगठनको निर्देशनलाई समेत उहाँले अस्वीकार गर्दै पार्टी काममा व्यवधान खडा गर्ने, संगठनको राजनीतिक प्रतिवेदन र विधानको  सार्वजनिक विरोध गर्ने, संगठनको गोपनियता विरोधीहरुमाझ सार्वजनिक गर्ने, संगठन भित्रका सहयात्रीहरुको पिठ्युँ पछाडि  कुरा काट्ने, उनीहरुको सार्वजनिक चरित्र हत्या गर्ने जस्ता उहाँका शंकास्पद गतिविधिहरु सतहमा देखा पर्न थाले।’

विज्ञप्तीमा भनिएको छ, ‘यसप्रकारका संगठनात्मक अनुशासन विपरितका प्रायोजित गतिविधिहरुको वारेमा बैठकका एजेन्डा बन्ने थाहा पाएपछि आफ्नै सहमतिमा आयोजना गरिएको बैठकलाई समेत बहिस्कार गरि स्वीच्छचारि तथा चरम व्यक्तिवादी ढंगले विधान र बैधानिक प्रक्रिया विपरीत वक्तव्यबाजि गर्दै हिड्न थाल्नु भयो। संगठनको बैठकले संयोजक स्वयंले यसरी संगठनको बैठक बहिस्कार गर्नु तथा  संगठनको हितविपरीत गतिविधिमा संलग्न हुनु संगठन विरोधी गतिविधि भएको ठहर गरेको छ ।’

बैठकले संगठनको विधानको धारा ३ को ’ङ’ र ’छ’ अनुरुप सदस्यको जिम्मेवारी र दायित्व पूरा नगरेको तथा संगठन विरोधी गतिविधि र क्रियाकलापमा संलग्न भएको  आरोप लगाएको छ । प्रवक्त बर्तौलाका अनुसार विधानको धारा ६ को ’छ’ अनुसार पछाडि कुरा काट्ने तथा कुरा चुहाउने( गोपनियता भंग गर्ने) प्रवृत्तिलाई निषेध गर्नपर्ने बैधानिक व्यवस्था भएको हुदा  विधानको धारा ७ को ’ च’ ले व्यवस्था गरेको  वैधानिक प्रावधान प्रयोग गरि नयाँ जनवादी मोर्चा, नेपालका संयोजक शम्भु कट्टेललाई मिति २०८० मंसिर ४ गतेवाट लागू हुनेगरी सम्पूर्ण जिम्मेवार सहित संगठनवाट निष्कासन गर्ने निर्णय हो   । 

५१ सदस्यीय केन्द्रीय समितिमा डा. कट्टेल बाहेक सबैको उपस्थिति रहेको र सर्वसम्मत निर्णय गरिएको बताइएको छ । 


यता डा. कट्टेलले भने मंसिर २ गते नै मोर्चाका गतिविधी विपरित काम गरेकाले संयोजकको हैसियतले आफुले शर्मा र बर्तौलालाई कारवाही गरिसकेको र उक्त बैठक अवैधानिक भएको दावी गरेका छन् । 


0 comments

Write Down Your Responses