Powered by Blogger.
नर्थ क्यारोलाइनामा कुलपति राईको एकल कविता वाचन


अमेरिका  । सांस्कृतिक सत्ता र समताझका  लागि भन्ने अभियानका क्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति तथा प्रसिद्ध कवि  भूपाल राईको एकल कविता वाचन कार्यक्रमको तेस्रो श्रृङ्खला  युएसएको नर्थ क्यारोलाइनामा सम्पन्न भएको थियोे ।

 यस क्रममा राईले कविता वाचन गर्नुहुँदै आफू अमेरिकी नेपाली समाज र संस्कृतिको अध्ययन गर्न आएको बताउनु भएको  थियोे । यस अघि चितवनबाट सुरु भएको राईको  कविता वाचनको श्रृङ्खला युएसएकै अर्को राज्य बोस्टनमा दोस्रोपटक आयोजना गरिएको थियोे ।

 उक्त  कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बाबा बस्नेत ,उपन्यासकार नीलम कार्की निहारिका लगायतले कविता वाचन र मन्तव्य राख्नुभएको थियोे ।

उक्त कार्यक्रमअन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थ क्यारोलाइना  च्याप्टर ,नर्थ क्यारोलाइना नेपाली साहित्य समाज र नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाको संयुक्त आयोजनामा सम्पन्न भएको थियोे ।






0 comments

Write Down Your Responses