Powered by Blogger.
सांग्रिला डेभलपमेन्ट बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आइतबार लैनचौर ब्याङ्क्वेट, लैनचौर, काठमाडौ १९ औं साधारणसभा भएको हो ।  

साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार ७ सय १६ को ५ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.२६३ प्रतिशतले हुन आउने रकम पचासी लाख अन्ठानब्बे हजार नौ सय पच्चीस नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  

साथै आर्थिक वर्ष  ०७९÷८० को वित्तीय विवरण पारित गरी १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर  अहिलेसम्म १ सय १२ शाखा कार्यालयहरु रहेका छन् । 

साथै,   ३० एटिएम र संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको बताइएको छ । 





0 comments

Write Down Your Responses