काठमाडौं । नेकपा एससम्बद्ध खेलकुद महासंघ (समाजवादी) का उपाध्यक्ष स्वयंभुराज डंगोल एमालेमा फर्किएका छन् ।
उनलाई एमाले महासचिव शंकर पोखरेलले पार्टी कार्यालय, च्यासल, ललितपुरमा स्वागत गरे ।
उनी समाजवादी प्रेस संगठनका संस्थापक केन्द्रीय सदस्य थिए । निश्चित नेतामाथि भएको व्यवहारका नाममा मूल पार्टी एमालेविरुद्धका गतिविधिमा संलग्न हुँदा आफूलाई पछुतो लागेर उक्त पार्टी परित्याग गरेको उनले बताए ।
मार्सल आर्टका अन्र्तराष्ट्रिय खेलाडी समेत रहेका उनलाई च्यासल, ललितपुरमा एमाले महासचिव शंकर पोखरेल लगायतका नेताहरुले स्वागत गरेका हुन् ।
स्वागत समारोहमा एमाले ललितपुर जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्य , इन्चार्ज हरिकृष्ण ब्यन्जनकारसँगै बाग्मती प्रदेश सभा सदस्य मधुसुदन पौडेल लगायतका जिल्ला स्तरीय नेता पनि सहभागी थिए ।
समाजवादी प्रेस संगठनका संस्थापक केन्द्रीय सदस्य समेत रहेका डंगोल पार्टिको प्रदेश कमिटीमा पनि रहेका थिए ।
आफ्नो मूल पार्टि छोडेर जाँदा असाध्यै पछुतो लागेको बताउँदै उनले आगामी दिनमा एमालेलाई मजबुद बनाएर लैजाने गतिविधीसमा संलग्न हुने प्रतिवद्धता जनाए ।
खेलाडी मात्र नभएर खेलविज्ञ एवं कुशल फोटो पत्रकार समेत रहेका डंंगोल ललितपुर जिल्ला कमिटिमा २०६७ सालदेखि २०७८ सालसम्म जिल्ला कमिटी सदस्यका रुपमा रहेका थिए ।
खोकनाबासी डंगोल एमाले सम्बद्ध युवा सघमा १२ वर्ष सचिवालय र केन्दिय कमिटी गर्दै युवा संघ प्रचार विभाग प्रमुख समेत रहेका थिए । उनी जिल्ला पार्टि प्रचार विभाग प्रमुख पनि रहे ।
0 comments
Write Down Your Responses