Powered by Blogger.
इन्द्रसरोवरका नेकपा एसका नेताहरु एमालेमै फर्किए



काठमाडौं । नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुले पार्टी बिभाजन गरेकोमा पछुतो गर्ने बिन्दुमा पुगिरहेको बेला ग्रासरुटका अधिकांश नेता कार्यकर्ताहरु आफ्नो पुरानो घर नेकपा एमालेमा फर्कन थालेका छन् । 

यहीक्रममा मकवानपुर स्थित इन्द्रसरोवर गाँउ पालिकाका नेकपा एसका नेता कार्यकर्ताहरु पुरानो घर एमालेमै फर्किएका हुन् । 

यही क्रममा शुक्रवार एकीकृत समाजवादीका बागमति प्रदेशका नेताहरु आफ्नो मुलघर एमालेमै फर्कनुभएको छ । यसरी फर्कनेमा पेशागत महासंघ बागमति प्रदेशका कार्यबहाक अध्यक्ष डा. लछी सिंहसहित मकवानपुर इन्द्रसरोवर गाउँपालिकाका अधिकांश नेताहरु रहनुभएको छ । 

पालिका कमिटी अध्यक्ष मनबहादुर स्याङ्तान, उपाध्यक्ष गुणराज रुम्बा, उपसचिव उमेश बस्नेत, सचिवालय सदस्यहरु जगत स्याङतान, दिपेश थोकर, अनिल रुम्बा लगायत हुनुहुन्छ । 

नेकपा एमाले केन्द्रीय कार्यालयमा महासचिव शंकर पोखरेल, बागमति इञ्चार्ज डा. राजन भट्टराई, एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्ताैला सहितका नेताहरुले उहाँहरुलाई पार्टीमा खादा लगाएर स्वागत गर्नुभयो । कार्यक्रममा पेशागत महासंघका १३ वटा जिल्ला अध्यक्षसमेत एमालेमै फर्किएको जानकारी दिइएको थियो । 

सो अवसरमा स्वागत गर्दै एमाले महासचिव शंकर पोखरेलले नेताहरु नै पार्टी बिभाजन गलत थियो भन्ने निश्कर्षमा पुगिसकेको बेला एमालेमै फर्कने निर्णय सही रहेको भन्दै अव देशभर यही अभियान चलाउन सुझाव दिनुभयो ।





0 comments

Write Down Your Responses