Powered by Blogger.
‘अन्जुली’‎ बृहत् सुसेली काव्याञ्जलिको लोकार्पणसहित ‘सुसेली सम्राट’ को उपाधि ई. वेदप्रसाद गौडेललाई


काठमाडौं । सुख शान्ति मिडियाको आयोजनामा सुसेली उपविधाका प्रवर्तक एवम् राष्ट्रिय सुसेली फाउण्डेसनका संस्थापक केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद अधिकारी ‘भमरकोटे’ को सभापतित्व, लेखक ई. बेदप्रसाद गौडेलका नाति दिप्सन गौडेलको प्रमुख आतिथ्यता एवम् राष्ट्रिय सुसेली फाउन्डेसनका संरक्षक एवम् संस्थापक केन्द्रीय सल्लाहकार वरिष्ठ साहित्यकार चन्द्रा न्यौपाने, शिक्षाविद् इन्द्रविलास घिमिरे, व्याकरणविद् पुरुषोत्तम भण्डारी, सम्पादक शिव शर्मा, प्रकाशक लेखक ई. वेदप्रसाद गौडेलकी जीवनसँगिनी धन गौडेल, डा. ध्रुव  गजुरेल, क्रान्तिकारी कवि रसुवाली कवि,  सुसेली फाउन्डेसनकी संस्थापक केन्द्रीय उपाध्यक्ष  सुशीला ढकाल अधिकारी, पूर्व सेनानी टङ्कबहादुर बजगाई खत्री लगायतको विशेष उपस्थितिमा  अन्जली (वृहत् सुसेली काव्याञ्जलि) को लोकार्पण सम्पन्न भयो । 

उक्त समारोहमा सम्पादक शिव शर्मालाई कुशल सम्पादक सम्मान र ई. वेदप्रसाद गौडेललाई ‘सुसेली सम्राट’ को पदवीसहित सम्मान गरिएको थियो । उक्त समारोहमा जन्मदिन परेका साहित्यकार भोजभक्त कडेल, साहित्यकार कल्पना अधिकारी भट्टराई र दिप्सन गौडेलको जन्मदिन एवम् पार्वती रिमाल र राजन रिमालको वैवाहिक वर्ष उत्सवसमेत मनाइएको थियोे । 

कार्यक्रममा सरस्वती अर्याल, रेखा महर्जन, सत्यनारायण ढकाल, सावित्री के.सी, भोजभक्त कडेल, विष्णु गुरूङ र उमा बिडारीले सुमधुर स्वरमा सुसेली गायन प्रस्तुत गर्नु भएको थियो ।‎कार्यक्रममा टंकबहादुर बजगाई खत्री, रसुवाली कविले शुभकामना व्यक्त गर्नुभएको थियो । टंकबहादुर बजगाई खत्रीले सुसेली सम्राट शासन गर्ने सम्राट नभएर शब्द सम्राट भएकोले योगदानको आधारमा सम्मान गर्नुपर्ने बताउनु भयो । 

यसैगरी क्रान्तिकारी कवि रसुवाली कविले साहित्यमा विवाद गर्नेहरू कुवाबाट निस्कन नसक्नेहरू हुन् भन्दै सुसेली सम्राट बनेकोमा ई. वेदप्रसाद गौडेललाई बधाई दिनुभएको थियो । समीक्षक ध्रुव गजुरेलले मिहिन ढङ्गले कृतिको समीक्षा गर्दै, जसरी सुन्दर डिजाइन गर्न माहिर ई. गौडेलले शब्दको पनि त्यसरी नै सशक्त शिल्पी देखाउनु भएको बताउनु भएको थियो। लेखक गौडेलले सम्राट उपाधिले झनै जिम्मेवारी बोध भएको बताउँदै सुसेली विधाको विकास र बिस्तारमा लागि लागी पर्ने बताउनु भएको थियो । 



वरिष्ठ साहित्यकार चन्द्रा न्यौपानेले ई. वेदप्रसाद गौडेल ज्यू कलाकारितामा जस्तै साहित्यमा पनि उत्तिकै सशक्त रूपमा उदाउनु भएकोमा बधाई एवम्  शुभकामना व्यक्त गर्नु भएको थियोे । 

‎सभापति दुर्गा अधिकारी ‘भमरकोटे’ ले सुसेली विधाले नयाँ कोर्समा प्रवेश गरी यसमा अझ तहल्का मच्चाउने निश्चित भएको बताउनु भयो । कार्यक्रममा गायक÷ नायक रामशरण पाण्डे, कलाकार ÷ निर्देशक नवीन घिमिरे, व्यवसायी ÷ समाजसेवी टपेन्द्र के.सी., राष्ट्रिय सुसेली फाउन्डेसनका अक्षयकोष दाता साहित्यकार सरला ओझा ’सिर्जना’,  मंगल श्रेष्ठ, बन्दन गौडेल, सुनिता बुढाथोकी, पार्वती घिमिरे पौडेल, अमृता कौशल, कृष्णप्रसाद पौडेल जस्ताघरे, विश्वास ढकाल  लगायत‎ ७० जनाभन्दा बढीको उपस्थिति रहेको थियो । 

कार्यक्रमको कुशल सञ्चालन राष्ट्रिय सुसेली फाउन्डेसनका संस्थापक केन्द्रीय महासचिव एवम् सुख शान्ति मिडियाका प्रबन्ध निर्देशक दामोदर ढकाल ’दीपक’ ले गर्नुभएको थियो ।




0 comments

Write Down Your Responses