काठमाडौं । नोबेल साकोस साहित्य संस्थाको १३२ औं श्रृङ्खलामा इन्दिरा रेग्मीको अक्षरमा अनुभूति मुक्तक संग्रह रत्न राज्य स्कुल वानेश्वरमा भव्य रूपम लोकार्पण भयो ।
नोबेल साकोस साहित्य संस्था काठमाडौ केन्द्रले १३२ औं मासिक काव्यगोष्ठी शृङ्खला संस्थाका सदस्य इन्दिरा रेग्मी कृत मुक्तक सङ्ग्रह अक्षरका अनुभूति लोकार्पण गरेर सम्पन्न गरेको छ ।
संस्थाकी केन्द्रीय महासचिव सुशीला ढकाल अधिकारीको सभापतित्व , प्रा.डा.गोविन्द मानसिँह कार्कीको प्रमुख अतित्थ्यता ,बेलकोटगढी नगर पालिका नुवाकोटका उप प्रमुख शिव दाहाल विशिष्ट अतिथि, प्रभात दीक्षित र पुष्पप्रसाद लुइँटेल विशेष अतिथि तथा ध्रुव गजुरेल , निर्मलरमण पराजुली ,दामोदर ढकाल ,सुमित्रा सुमी, लक्ष्मण सिटौला, चन्द्रा न्यौपाने ,द्वारिका कुइकेल,दुर्गा अधिकारी भमरकोटे ,छविलाल भट्टराई ,अरुण अनुराग,रमेश सुवेदी ,विनोद अधिकारी, हरिकृष्ण अधिकारी, सुजन डोटेल ,मधुसूदन प्रसाद घिमिरे ,अविकेशर ओलि, निबन्ध आचार्य ,वेद प्रसाद गौडेल,केवी पौडेल ,मीरा रावत, शम्भु गजुरेल ,नीरा श्रेष्ठ ,उत्तम शर्मा ,ज्ञान शाली पन्त जिज्ञासु,पवन कुमार बुढाथोकी ,गोपाल मैनाली ,कुमार नेपाल,राज रजक, लगायतअतिथि रहेको उक्त समारोहमा पाहुनाहरुको सम्मानमा संस्थाका केन्द्रीय कोषाध्यक्ष गीता अर्यालले स्वागत मन्तव्य राख्नुका साथै संस्थाका संस्थापक संयोजक राजनप्रसाद न्यौपानेले कार्यक्रमको सफल संचालन गरेका थिए ।
साहित्यकारहरुको बाक्लो उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा सानू शर्मा, दल बहादुर नेपाली,सीता घिमिरे ,रञ्जिता शाह ,सुचित्रा काफ्ले,सम्मान आचार्य ,छवि भट्टराई ,दिपक ढकाल,राजन आचार्य ,दयाराम चौधरी ,सुकदेव दाहाल ,नवराज तिवारी ,नीरा श्रेष्ठ ,अमर अधिकारी,दिपक तिवारी ,दुर्गा घिमिरे ,सुशील रिजाल,प्रमुना पौडेल ,हरि प्रसाद भट्टराई ,भीम खडका,प्रशान्त रेग्मी,आकृति रेग्मी आदि सर्जकहरुको उपस्थिति रहेको थियो।






0 comments
Write Down Your Responses