Powered by Blogger.
गल्ती भए सुधार्ने मौका दिनुहोस्

सन्देश पाठक, नव गायक
नेपाली सांगीतीक आकाशमा हालै आफ्नो नयाँ एल्बम ‘आवर्तन’ लिएर देखा परेका नव गायक हुन् सन्देश पाठक । ६ वटा फरक फरक धारका गीतको समष्टि रुप लिएर देखा परेका उनी अहिले निक्कै व्यस्त छन् । गीत सुन्ने स्रोताको माग फरक फरक रहेकोले सकेसम्म सबै प्रकारका स्रोतालाई कोशेली दिने हिसाबले ‘आवर्तन’ जन्माएको उनी बताउँछन् । उक्त एल्वमका सबै गीतहरुमा संगीतकार जुगल डंगोलले नै संगीत भरेका छन् । प्रश्तुत छ उनीसंगको कुराकानीः

बाल्यकाल कसरी बित्यो ?

सुखद थियो । मायाँमा हुर्किएँ ।

संगीतप्रति रुची कहिलेबाट जाग्यो ?

सानैमा एकपटक चलचीत्र स्वर्ग हेर्न जाँदा सनेको ‘म त अब रिसाउँछु बोल्दै बोल्दिन’ बोलको गीत दिमागमा बस्यो । त्यो बेला म जम्मा पाँच वर्षको मात्र थिएँ । त्यही बेलादेखि गीत गुन्गुनाउन थालें । परिवारले हौस्याउन थाले । अनि म गीतमै रमाउन थालें ।

बाल्यकालमा केही बदमाशी गर्नुभयो की ?

खेल्ने बेलामा साथीभाइसंग जसरी पनि जित्ने प्रवृती कायम हुँदा अलि अलि झगडा प¥यो । एक पटक टिभीको प्लक भनेर आइरनको प्लक जोडेर आइरन टेबलमाथी राखें । टिभी किन चलेन भन्दै काकालाई बोलाउन जाँदा टेबल जलेर प्वाल परेको कुरा अझै याद आइरहन्छ ।

गीत संगीत कत्तिको सुन्नुहुन्थ्यो ?

यस कुमार, सुगम पोखरेल र अनिल सिंहका गीतहरु खुबै सुन्थें । उहाँहरुको स्थानमा कहिले पुग्नेहोला भन्ने लाग्थ्यो ।

संगीत क्षेत्रमा आउन परिवारको कत्तिको हौसाला छ ?

पर्याप्त साथ र सहयोगका साथै हौसला पनि छ । उहाँहरुको सहयोगले नै आवर्तनको जन्म भएको हो ।

आर्वतनलाई सांगाीतीक आकाशमा ल्याउन कत्तिको संघर्ष गर्नुप¥यो ?

संगीत सिकें । सुगम घिमीरे दाईले हौसला दिनुभयो । साधना गरियो । समय धेरै खर्चिएको छु ।

पहिलो एल्बमबाट कत्तिको आशावादी हुनुहुन्छ ?

आशावादी नै छु । हरेक  खालको स्रोताको स्वादलाई बिचार गरेर फरक फरक स्वाद पस्किएको छु । स्रोताले रुचाउनु हुनेछ भन्ने आशा छ ।

कत्तिको व्यस्त हुनुहुन्छ आवर्तनका लागि ?

विभिन्न रेडीयो तथा पत्रपत्रिकामा आवर्तनका बारेमा सञ्चारकर्मीहरुले राख्नुभएको जिज्ञासा मेटाउनमा नै पत्रकारहरुसंगको भेटघाटमा व्यस्त भइएको छ ।

तपाई जस्तै गायक बन्न रुचाउनेहरुलाई के भन्नुहुन्छ ?

सैद्धान्तीक र व्यवहारिक ज्ञानमा भिजेर आउनुभयो भने पक्कै फेल भइँदैन । त्यसैले लगावका साथ यो क्षेत्रमा प्रवेश गर्नुस् भन्न चाहन्छु ।

आफू पास भए जस्तो लाग्छ ?

त्यो त स्रोता र दर्शकमा भर पर्ने कुरा हो । हाम्रो भगवान भनेकै उहाँहरु हुनुहुन्छ । हामीलाई सफल बनाउन नबनाउने उहाँहरुकै हातमा छ ।

गीत संगीतमा पनि पश्चीमाकरण बढेको छ नी ?

नेपालीले आफ्नो मौलिक गीत संगीत सुन्ने हो भने असर गर्ने ठाउँ छैन । पुरानो शैली नयाँ शैली भन्नु भन्दा फरक स्वादका गीत संगीत चाख्नु प¥यो ।

आम स्रोतालाई केही सन्देश छ की ?

सबै स्रोतालाई मेरो गीत मन पराइ दिनुहोस् नै त भन्दीन । तर गल्ती भए सुधार्ने मौका दिनुहोस् । राम्रो नराम्रो केलाई दिनोस् । स्रोता छैनन् भने गायक गायक रहँदैन । नेपाली गीत संगीतलाई माया गर्नुहोस् भन्न चाहन्छु ।

प्रश्तुतिः सुभाष केसी







1 comments

Write Down Your Responses