Powered by Blogger.
विद्यार्थीद्वारा कैलाश गाउँपालिकाका जनप्रतिनिधिलाई ¥याख ¥याख ’हामी पढ्न चाहन्छौं’

कैलाश गाउँपालिका  /   विद्यार्थीले विद्यालयको ढोकामा कागज टाँसेर प्रश्न गरेका छन्–हाम्रो भविष्यमाथि खेलवाड कतिञ्जेलसम्म ? उनीहरुले भनेका छन्–जबसम्म शिक्षक आउँदैनन्, तबसम्म विद्यालय बन्द रहनेछ । हामीले वर्षसम्म कुरिसकेका छौं, अब कुर्न सक्दैनौं ।

विभिन्न माग तथा आरोप लगाउँदै राजनीतिक दलका नेता÷कार्यकर्ताले मात्र होइन, अब त विद्यार्थीले पनि जनप्रतिनिधिलाई ¥याख¥याख पार्न थालेका छन् । दलका नेताको त सीमित स्वार्थ होला, तर विद्यार्थीले भने यति मात्र माग राखेका छन्–हामीलाई शिक्षक चाहियो, हामी पढ्न चाहन्छौं ।

मकवानपुरको कैलाश गाउ“पालिका अध्यक्ष टंक मोक्तानलाई मंगलबार विद्यार्थीले घेरेका हुन् । वडा–३ मा रहेको भवानी माविका विद्यार्थीले अध्यक्ष मोक्तानलाई घेरेर शिक्षक माग गरे । विद्यालयमा लामो समयदेखि रिक्त गणित शिक्षक व्यवस्थापनका लागि पटक÷पटक आग्रह गर्दासमेत बेवास्ता गरेको भन्दै विद्यार्थीले अध्यक्ष मोक्तानलाई कार्यालयपरिसरमै घेराउ गरेका हुन् ।

 कक्षा–१० का सरोज थिङले विद्यालयमा एक वर्षदेखि गणित शिक्षक नभएको बताए । थिङलगायत ३५ विद्यार्थी शिक्षकबिना ‘आइरन गेट’ अर्थात् एसईईको तयारीमा छन् । विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद तिमल्सेनाले रिक्त शिक्षक पदपूर्ति गर्न पटक÷पटक आग्रह गर्दासमेत वास्ता नगरिएपछि चुप बस्न वाध्य भएको गुनासो गरे । ‘विद्यार्थीले हामीलाई पटक÷पटक शिक्षक पदपूर्ति गर्न दबाब दिएपछि केही समयका लागि निजी स्रोतबाट शिक्षक नियुक्ति गरका थियौं, तर उहाँले छाड्नु भएपछि अब झन् समस्या उत्पन्न भएको छ,’ प्रअ तिमल्सेना भने ।
 आफूहरुको भविष्यमाथि खेलवाड गरेको भन्दै विद्यार्थीले तत्काल शिक्षक ल्याउनुपर्ने शर्त राखी कागज गर्न आग्रह गर्दा सामाजिक विकास संयोजक तथा ९ नम्बर वडा अध्यक्ष सुमन सिटौलाले आफूहरुमाथि अभद्र व्यवहार गरेको विद्यार्थीले बताएका छन् ।


 तुरुन्त शिक्षक पदपूर्ति गर्न गर आफूहरुको भविष्यमाथि खेलवाड नगर्न माग राख्दा संयोजक सिटौलाले ‘त“ को होस् ? तेरो क्रण खाइदेको छु ?’ जस्ता अपशव्द प्रयोग गरी उल्टै गालीगलौज गरेकोप्रति गम्भीर आपत्ति रहेको र माफी माग्नुपर्ने विद्यार्थीको माग छ । विद्यार्थीका समस्या बताउँदा अपशव्द प्रयोग गर्नु निन्दनीय भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष वीरबहादुर प्रजाले बताए ।

विद्यार्थीको माग जायज भएको बताउँदै उनले विद्यार्थीका एकमात्र उचित माग सम्बोधन गर्नुभन्दा पनि अपशव्द बोल्नु गलत भएको बताए । उनी भन्छन्–विद्यालय राहतका ३ सहित ५ शिक्षकको भरमा सञ्चालन गरिरहेका छौं । शिक्षक अभावले समस्या परिरहेको भन्दै उनले लामो समयदेखि गाउ“पालिकाको आशमा बसिरहेको र बस्दाबस्दा थकित भएको दाबी गरे । शिक्षक व्यवस्थापन नभएसम्म अनिश्चितकालीनरुपमा विद्यालय बन्द गर्ने र गाउ“पालिकामा ताला लगाउने कार्यक्रम रहेको विद्यार्थीले बताएका छन् ।

1 comments

Write Down Your Responses