Powered by Blogger.
शैक्षिक गुणस्तर बढाउन भदौ ३० गते आग्रा देउखेलमा भव्य कार्यक्रम

काठमाडौं १९ भदौ ।  ‘भदौ ३० गते आग्रा जाउँ, शैक्षिक गुणस्तर बढाउन मद्धत गरौँ’ भन्ने नाराका साथ थाहा ७ देउखेलमा भव्य कार्यक्रम हुँदैछ ।

थाहा नगरपालिकाका ७ स्थित श्री सरस्वती माध्यमिक विद्यालय प्राङ्गणमा हुने कार्यक्रममा थाहा नगरपालीकाकै मेयर लवशेर विष्टको प्रमुख आतित्थ्यता रहनेछ ।

सो कार्यक्रममा सोही बिद्यालयका लागि एक दर्जन बराबर कम्युटर हस्तान्तरण हुनेछ । विभिन्न व्यक्तित्वहरुबाट बिद्यार्थीलाई निशुल्क ड्रेस उपलब्ध गराउने कार्यक्रम समेत रहेको छ । सो बिद्यालयका पूर्व बिद्यार्थीहरु जयराम खत्रीले ३० जनालाई र दिनेश कार्कीले २० जना बिद्यार्थीलाई निशुल्क ड्रेस उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

शैक्षिक गुणस्तर अभिवृद्धि अभियान थाहा–७ देउखेलको पहलमा सञ्चालित अभियानका क्रममा सहयोगीदाताहरुबाट जुटेको कम्युटर हस्तान्तरण गर्ने सो कार्यक्रमको महत्वपुर्ण पाटो हो । कम्युटर सहयोग गर्ने वा रु. पाँच हजार भन्दा बढी नगद सहयोग गर्नेलाई खादा र सम्मानपत्रद्धारा सोही कार्यक्रममा सम्मान गरिनेछ । कम्युटर खरिदार्थ सहयोग गर्ने सबैको नाम सार्वजनिक गरिने अभियानका संयोजक रघुनाथ बजगाँईले जानकारी दिए ।

कार्यक्रममा नगरपालिकाका उपमेयर खड्ग गोपाली, नगरपालिकाका शिक्षा अधिकृत, केन्द्रीय सूचना तथा सञ्चार सहकारीसंघका पूर्व–अध्यक्ष विष्णुहरि ढकाल, शैक्षिक गुणस्तर अभिवृद्धि अभियानका अभियन्ताहरु, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहित पदाधीकारीहरु, स्थानीय संघसंस्थाहरु, आमा समुह, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, वडा अध्यक्ष सोनाम लामा सहित वडाका जनप्रतिनिधिहरु, प्रधानाध्यापक सहित बिद्यालयका शिक्षकहरु, अभिभावहरु र बिद्यार्थीहरुको सहभागिता रहनेछ ।

मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका ७ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन भन्दै स्थानीय युवा तथा भुतपूर्व बिद्यार्थीहरुको सक्रियतामा यसअघि पनि बिभिन्न अन्र्तक्रियात्मक कार्यहरु भएका थिए ।

गत असार २ गते भुतपूर्व बिद्यार्थीहरुको पहलमा काठमाडौँमा थाहा नगरपालिकाको उत्तरी क्षेत्रकै शैक्षिक गुणस्तर कसरी उकास्न सकिन्छ ? भन्ने विषयमा बृहत अन्र्तक्रियात्मक कार्यक्रम भएको थियो ।

सञ्चारसंग सम्बन्धित र शिक्षासँग सम्बन्धित विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा सरस्वती माविका शिक्षकहरु, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहितका पदाधीकारीहरु, पूर्वशिक्षक तथा पूर्व विद्यार्थी र अन्य सरोकारवाला व्यक्तित्वहरु, बुद्धिजीविवर्ग, समाजसेवी तथा तत्कालीन आग्रा गाउँ विकास समिति घर भइ काठमाडौंलाई कर्मथलो बनाउँदै आएकाहरुबीचको अन्र्तक्रियात्मक भेलाले थाहा ७ को शैक्षिक गुणस्तर अभिबृद्धिका लागि योजनाबद्ध कार्ययोजनाको खाँचो औँल्याएको थियो ।

त्यसका लागि तत्काल प्रविधियुक्त शिक्षामा जोड दिनुपर्ने भन्दै कम्युटरको आवश्यकता र अंग्रेजी माध्यमबाट पढाइ सुरु गर्नुपर्ने निश्कर्ष निकालेको थियो ।

भेलाको यहि निश्कर्षअनुरुप योजनाबद्ध शैक्षिक गुणस्तर अभिबृद्धिका लागि भन्दै ९ सदस्ययीय समिति गठन भएको थियो ।

जिम्मेवारी पाएपछि समितिले कम्युटर सहयोगगार्थ अभियान र बिद्यालयको शैक्षिक स्थितिका बारेमा निगरानी तुरुन्दै सुरु ग¥यो ।

अभियान अन्तर्गत गत असार १५ गते सोही बिद्यालयमा अभिभावक, बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीय समाजसेवी तथा बौद्धिक वर्ग, बिद्यालयका सम्पुर्ण शिक्षकहरु र बिद्यार्थीहरुको सहभागितामा बिद्यालयको शैक्षिक स्थिति, समस्या र समाधानको उपायका सन्दर्भमा बृहत अन्र्तक्रियात्मक कार्यक्रम ग¥यो ।

सोही कार्यक्रमबाट सो विद्यालयमा हरेक तीन–तीन महिनामा शैक्षिक प्रगतिको समिक्षात्मक छलफल अभिभावक, स्थानीय सरोकारवाला निकाय र बिद्यार्थीहरुकाबीचमा गर्ने निर्णय भएको छ ।

शैक्षिक गुणस्तर अभिबृद्धि अभियान समितिले पनि शिक्षासंग सम्बन्धित गुनासाहरु र सुझावहरु प्रष्टसँग राख्न र बिद्यालयको निरन्तर निगरानी गर्न आव्हान नै गरेको छ ।

2 comments

Write Down Your Responses