Powered by Blogger.
लियोको सप्ताहब्यापी कार्यक्रम समापन तथा पुरस्कार वितरण

मकवानपुर / लायन्स क्लव अफ इन्टरनेशनल ३२५ बी टु नेपालका सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर शम्भु नकर्मीले लायन्सहरुको नाक चुचो गर्ने काम लियोले गरेको बताएका छन् । लियो क्लबको ६१ औँ अन्तराष्ट्रिय स्थापना दिवसको अवसरमा आयोजना गरेको सप्ताहब्यापी कार्यक्रमको समापन तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नर्कमीले लायन्सको प्रोजेक्ट पुरा गर्नको लागि लियोको ठुलो हात रहेको बताए ।
सामाजिक कार्यमा पानी वितरण देखि विभिन्न ठुला कार्यक्रमहरुमा लियोको सक्रियता रहेको भन्दै आफ्नो कार्यकाल भित्रमा लियोको संख्यात्मक हिसावले बृद्धि गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । हेटौडाले लामो समय पछि लायन्समा नेतृत्व पाएको भन्दै अब लियोले पनि नेतृत्व गर्नुे वेला आएको बताए । लियोले जिल्लामा नेतृत्व पु¥याउन नसकिरहेको भन्दै अबको एक बर्षमा जिल्ला परिषद् हाक्ने मकवानपुर कै लियो युवा तयार गर्न आग्रह गरे । लायन्स र लियोले छुट्टै इतिहास दिन सक्ने भन्दै सबै लियोहरु एकजुट भएर लाग्न पर्ने उहाँको भनाई थियो । 
लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका एम्बास्डर अफ गर्भनर कृष्णराम न्यौपानेले लियो भनेको लायन्सको फाउण्डेसन हो, लियो विना लायन्सको कार्यक्रम अधुरो हुने बताए । लियोले गरेको साप्ताहिक कार्यक्रम प्रभावकारी भएको भन्दै आगमाी दिन यस्ता कार्यक्रमलाई निरन्तर गर्न आग्रह गरे ।
यरिया २ यरिया चिफ रवि शर्माले लियोको भुमिका डिष्ट्रिकमा देखाउने वेला आएको बताएका छन्  । लियोहरुबाट सबैले सिक्ने अवसर प्रदान गरि समाजमा उदाहरणीय कार्य गर्दै जान आग्रह गरे । लियोलाई सबै लायन्सले सहयोग आवश्यकता रहेको उहाँको भनाई थियो ।
लायन्स लायन्स ध्रुब अधिकारीले लियोको साथ सहयोगका कारण लायन्स अगाडि बढिरहेको बताए । लियो विना लायन्स अधुरो हुने भन्दै समाजमा रहेका विकृति र विसंगति तर्फ कार्यक्रमहरु अगाडि बनाउन आग्रह गरे ।
लायन्स क्लव अफ हेटौडा बजारका अध्यक्ष पुजा श्रेष्ठले लायन्स र लियो मिलेर समाजमा नयाँ कार्यक्रम गर्नु पर्ने वेला आएको बताईन । लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका सह कोषाध्यक्ष शिशिर पराजुलीले कार्यक्रमको सफलताको शुभकामना दिदै सबै लियोहरु एक भई कार्यक्रम सफल बनाएको सबैलाई धन्यवाद दिएका थिए  । लायन्स क्लव हेटौडा मुक्तिनाथका अध्यक्ष बिकेश लाल श्रेष्ठ, विभिन्न लियो क्लवका अध्यक्ष, तथा लियो पदाधिकारीहरु सहभागिता रहेको थियो ।
कार्यक्रमको सभाध्यक्ष तथा लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका रिजन २ को रिजन कोअर्डिनेटर राजन श्रेष्ठले कार्यक्रमको समापन गर्दै साप्ताहिक कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्णमा धन्यवाद दिदै आगामि दिनमा समेत साथ सहयोगको अपेक्षा राखेको थिए ।
यस कार्यक्रममा ईन्टर लियो क्विज कन्टेस्ट, ईन्टर लियो सेभेन ए साईड फुटबल, ब्याटमिन्टन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । ईन्टर लियो सेभेन ए साईड फुटबल प्रतियोगिता तर्फ लियो क्लव अफ हेटौडा , ईन्टर लियो क्विज कन्टेस्ट र ब्याटमिन्टन प्रतियोगिता तर्फ लियो क्लव अफ हेटौडा भुटनदेवि प्रथम भएको छ । प्रथथ, द्धितिय र तृतिय भएका क्लवहरुलाई मेटल, प्रमाण–पत्र प्रदान गरिएको थियो । त्यस्तै फ्यास लाईट सहितको र्याली, आद्यान्न वितरण तथा रक्तदान र आँखा दान कार्यक्रम समेत भएको थियो । 



 

2 comments

This comment has been removed by the author.

Thankyou Leo kaliraj jee and Damanpost for News cover

Write Down Your Responses