लियोको सप्ताहब्यापी कार्यक्रम समापन तथा पुरस्कार वितरण
मकवानपुर / लायन्स क्लव अफ इन्टरनेशनल ३२५ बी टु नेपालका सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर शम्भु नकर्मीले लायन्सहरुको नाक चुचो गर्ने काम लियोले गरेको बताएका छन् । लियो क्लबको ६१ औँ अन्तराष्ट्रिय स्थापना दिवसको अवसरमा आयोजना गरेको सप्ताहब्यापी कार्यक्रमको समापन तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नर्कमीले लायन्सको प्रोजेक्ट पुरा गर्नको लागि लियोको ठुलो हात रहेको बताए ।सामाजिक कार्यमा पानी वितरण देखि विभिन्न ठुला कार्यक्रमहरुमा लियोको सक्रियता रहेको भन्दै आफ्नो कार्यकाल भित्रमा लियोको संख्यात्मक हिसावले बृद्धि गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । हेटौडाले लामो समय पछि लायन्समा नेतृत्व पाएको भन्दै अब लियोले पनि नेतृत्व गर्नुे वेला आएको बताए । लियोले जिल्लामा नेतृत्व पु¥याउन नसकिरहेको भन्दै अबको एक बर्षमा जिल्ला परिषद् हाक्ने मकवानपुर कै लियो युवा तयार गर्न आग्रह गरे । लायन्स र लियोले छुट्टै इतिहास दिन सक्ने भन्दै सबै लियोहरु एकजुट भएर लाग्न पर्ने उहाँको भनाई थियो ।

लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका एम्बास्डर अफ गर्भनर कृष्णराम न्यौपानेले लियो भनेको लायन्सको फाउण्डेसन हो, लियो विना लायन्सको कार्यक्रम अधुरो हुने बताए । लियोले गरेको साप्ताहिक कार्यक्रम प्रभावकारी भएको भन्दै आगमाी दिन यस्ता कार्यक्रमलाई निरन्तर गर्न आग्रह गरे ।
यरिया २ यरिया चिफ रवि शर्माले लियोको भुमिका डिष्ट्रिकमा देखाउने वेला आएको बताएका छन् । लियोहरुबाट सबैले सिक्ने अवसर प्रदान गरि समाजमा उदाहरणीय कार्य गर्दै जान आग्रह गरे । लियोलाई सबै लायन्सले सहयोग आवश्यकता रहेको उहाँको भनाई थियो ।
लायन्स लायन्स ध्रुब अधिकारीले लियोको साथ सहयोगका कारण लायन्स अगाडि बढिरहेको बताए । लियो विना लायन्स अधुरो हुने भन्दै समाजमा रहेका विकृति र विसंगति तर्फ कार्यक्रमहरु अगाडि बनाउन आग्रह गरे ।
लायन्स क्लव अफ हेटौडा बजारका अध्यक्ष पुजा श्रेष्ठले लायन्स र लियो मिलेर समाजमा नयाँ कार्यक्रम गर्नु पर्ने वेला आएको बताईन ।
लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका सह कोषाध्यक्ष शिशिर पराजुलीले कार्यक्रमको सफलताको शुभकामना दिदै सबै लियोहरु एक भई कार्यक्रम सफल बनाएको सबैलाई धन्यवाद दिएका थिए । लायन्स क्लव हेटौडा मुक्तिनाथका अध्यक्ष बिकेश लाल श्रेष्ठ, विभिन्न लियो क्लवका अध्यक्ष, तथा लियो पदाधिकारीहरु सहभागिता रहेको थियो ।कार्यक्रमको सभाध्यक्ष तथा लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका रिजन २ को रिजन कोअर्डिनेटर राजन श्रेष्ठले कार्यक्रमको समापन गर्दै साप्ताहिक कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्णमा धन्यवाद दिदै आगामि दिनमा समेत साथ सहयोगको अपेक्षा राखेको थिए ।
यस कार्यक्रममा ईन्टर लियो क्विज कन्टेस्ट, ईन्टर लियो सेभेन ए साईड फुटबल, ब्याटमिन्टन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
ईन्टर लियो सेभेन ए साईड फुटबल प्रतियोगिता तर्फ लियो क्लव अफ हेटौडा , ईन्टर लियो क्विज कन्टेस्ट र ब्याटमिन्टन प्रतियोगिता तर्फ लियो क्लव अफ हेटौडा भुटनदेवि प्रथम भएको छ ।
प्रथथ, द्धितिय र तृतिय भएका क्लवहरुलाई मेटल, प्रमाण–पत्र प्रदान गरिएको थियो । त्यस्तै फ्यास लाईट सहितको र्याली, आद्यान्न वितरण तथा रक्तदान र आँखा दान कार्यक्रम समेत भएको थियो । 

2 comments
Write Down Your Responses



December 27, 2018 at 10:35 PM
December 27, 2018 at 10:36 PM
Thankyou Leo kaliraj jee and Damanpost for News cover